६ आश्विन २०८१, आइतबार

लुम्बिनी प्रदेशका ३ जिल्ला कोरोनाबाट अति प्रभावित

प्रकाशित मिति :  16 April, 2021 11:33 am


काठमाडौं । संघीय सरकारले लुम्बिनी प्रदेशका तीन जिल्लालाई कोरोनाको अति प्रभावित जिल्ला भनेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको सूचनामा देशभरका १४ जिल्ला मध्य लुम्बिनीका ३ जिल्लालाई अति संवेदनशील जिल्लाको रुपमा राखेको हो ।
लुम्बिनीका रुपन्देही,बाँके र दाङलाई अति प्रभावित जिल्लाको रुपमा रुपमा राखिएको छ ।

मन्त्रालयले अति प्रभावित भनी वर्गीकरण गरेको जिल्लाहरुमा बढी भीडभाड हुने सबै क्षेत्र तथा सेवाहरु अविलम्ब बन्द गर्नुपर्ने अवस्था भएपनि विद्यालय,रात्री व्यवसायहरू, सातबजेपछि सबै रेष्टुरेन्ट तथा क्लबहरु, खेलकुद,जीम,सार्वजनिक पुजाआजा तथा जात्राहरुमा सहभागि नहुन आग्रह गरेको छ ।

त्यस्तै सभा सम्मेलन, बैठक तथा भेलाहरु,सिनेमा हल,सपिङ मल,नाचघर,पार्टी प्यालेज,हेल्थ क्लब,स्विमिङ पुल आदि स्थलहरुमा सहभागि हुन आग्रह गरेको छ ।

लुम्बिनी प्रदेशबाहेक काठमाडौं,ललितपुर,कास्की,रुपन्देही,चितवन,बाँके, पर्सा, भक्तपुर,कैलाली,मोरङ, सुर्खेत,बारा र बागलुङलाई अति प्रभावित जिल्ला भनेको  छ । यि जिल्लाहरूमा मन्त्रालयले सबै अस्पतालहरूले अनिवार्य रुपमा फिचार क्लिनिक सञ्चालन गर्न र कोभिड १९ परीक्षणका लागि नमूना संकलन तथा परीक्षणको व्यवस्थापन गर्न गराउन भनेको छ ।



प्रतिक्रिया दिनुहोस !