कर्णाली प्रदेश सभामा मत विभाजन सुरु, मुख्यमन्त्री शाहीलाई कांग्रेसको समर्थन
प्रकाशित मिति : 16 April, 2021 4:49 pm
काठमाडौं । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत मागेपछि कर्णाली प्रदेश सभामा मत विभाजन सुरु भएको छ ।
नेकपा एमालेले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शाहीले विश्वासको मत लिन लागेका हुन् ।
कांग्रेसले कर्णाली प्रदेशमा मुख्यमन्त्री शाहीलाई समर्थन गर्ने जानकारी गराएको छ । संसदीय दलका नेता जीवनबहादुर शाहीले शाहीलाई मत दिने जानकारी दिएका हुन् ।