५ आश्विन २०८१, शनिबार

कर्णाली प्रदेशमा एमालेका ४ सांसदद्वारा ह्विप उल्लघंन गर्दै मुख्यमन्त्री शाहीका पक्षमा मतदान

प्रकाशित मिति :  16 April, 2021 5:34 pm


काठमाडौं । कर्णाली प्रदेशमा एमालेका ४ सांसदले ह्विप उल्लघंन गर्दै मुख्यमन्त्री शाहीका पक्षमा मतदान गरेका छन् ।

शाहीको पक्षमा मतदान गरेपछि शाहीले विश्वासको मत प्राप्त गरे । एमाले सांसदले ‘प्लोर क्रस’ नगरेको भए सरकार ढल्ने निश्चित थियो । तर एमाले सांसदले ह्विप उल्लंघन गर्दै ‘प्लोर क्रस’ गर्दै भोट हालेपछि शाहीले विश्वासको मत प्राप्त गरेका छन् ।

प्रकाश ज्वाला, कुर्मराज शाही, नन्दसिंह बुढा र अम्बरबहादुर थापाले ‘फ्लोर क्रस’ गरेका हुन् ।

यसअघि एमालेले मुख्यमन्त्री शाहीको विपक्षमा मतदान गर्न ह्विप जारी गरेको थियो ।



प्रतिक्रिया दिनुहोस !