६ आश्विन २०८१, आइतबार

बाँकेको कोहलपुरमा भएको दुर्घटनामा मृत्यु भएका ५ जनाकै पहिचान खुल्यो

प्रकाशित मिति :  17 April, 2021 11:29 am


बाँके । बाँकेको कोहलपुरमा यात्रुबाहक बस र टिपर एक आपसमा ठोक्किँदा भएको दुर्घटनामा परि ज्यान गुमाउने पाँचै जनाको पहिचान खुलेको छ ।

इलाका प्रहरी कार्यालय कोहलपुरका अनुसार ज्यान गुमाउनेमा कोहलपुर नगरपालिका वडा नं. १२ का २१ बर्षीय उदय बाँठा, कोहलपुर १३ का २५ वर्षीय खगेन्द्रबहादुर सुनार, सुर्खेत जिल्लाको साटाखानीका ४० बर्षीय जिवनकुमार बिक र झापा जिल्लाको मेचिनगरपालिका वडा नं. १० का ४५ का छत्रबहादुर कटुवाल र सिराहा सुखीपुर गाउँपालिका वडा नं.३ की अम्बिका कान्ती रहेका छन् ।

दुर्घटनामा मृत्यु हुनेमा कोहलपुरका टिपरका चालक र परिचालक तथा अन्य तीन जना बसका यात्रु रहेका छन् ।
दुर्घटनामा ३७ यात्रु घाइते भएका थिए ।

सुर्खेतबाट धरान जाँदै गरेको मे १ ख ३३४७ नम्बरको बस र विपरित दिशातर्फ आएको ना अ अ प ४१ नम्बरको टिप्पर हिजो बेलुकी कोहलपुर नगरपालिका–१३, रोहिणी खोला नजिकै एक आपसमा ठोक्किँएका थिए ।



प्रतिक्रिया दिनुहोस !