५ आश्विन २०८१, शनिबार

कर्णालीमा सरकार जोगिएको दोस्रो दिन प्रचण्ड र माधव नेपालबीच भेटघाट

प्रकाशित मिति :  17 April, 2021 12:25 pm


काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एमालेका वरिष्ठ नेता माधव कुमार नेपालबीच भेटघाट भएको छ ।

हिजो कर्णालीमा मुख्यमन्त्री महेन्द्रबहादुर शाही नेतृत्वको सरकार नेपाल समूहका ४ सांसदले सघाएपछि ढल्नबाट जोगिए लगत्तै प्रचण्ड र नेपालबीच भेटवार्ता भएको हो ।

कोटेश्वरस्थित एक घरमा दुई नेताबीच छलफल भएको थियो । भेटमा माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठ र एमाले नेता घनश्याम भुसालसमेतको सहभागिता थियो । एमालेमा अध्यक्ष केपी शर्मा ओलीले नेता नेपाल र भुसाललाई निलम्बन गरेका छन् ।



प्रतिक्रिया दिनुहोस !