३ आश्विन २०८१, बिहिबार

प्रधानमन्त्री ओलीको बैठकमा माओवादी र जसपाका प्रमुख नेता गएनन

प्रकाशित मिति :  17 April, 2021 1:51 pm


प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा आयोजना गरेको सर्वदलीय बैठकमा नेकपा (माओवादी केन्द्र) र जसपा संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादवलगायतका सहभागी भएनन् भने  माधवकुमार नेपाल र झलनाथ खनाल पनि सहभागी छैनन्।

बैठकमा प्रधानमन्त्री निवास बालुवाटारमा जारी रहेको सर्वदलीय बैठकमा प्रधानमन्त्री ओलीले उ संसद्मा सरकारलाई सभामुखले काम गर्न नदिएको समेत गुनासो गरेका छन्। “बैठकमा संसद्ले जे गर्नु पर्ने थियो त्यो नगरेको गुनासो प्रधानमन्त्रीले व्यक्त गर्नुभयो”, राप्रपाका नेता प्रकाशचन्द्र लोहनीले भने ।

नेता लोहनीले आफ्नो पार्टीको तर्फबाट बैठकमा कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि पाँच–सात बुँदा पेश गरेको जानकारी दिए । ।बैठकमा नेपाली कांग्रेसले जारी राजनीतिक गतिरोधलाई छिटो निकास दिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुझाव दिएको कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले बताए ।

बैठकमा उपप्रधानमन्त्री ईश्वर पोखरेल, अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गृहमन्त्री रामबहादुर थापा, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री विमलेन्द्र निधि, जनता समाजवादी पार्टीका नेता महन्थ ठाकुर र लक्ष्मणलाल कर्ण, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा(का नेता लोहनी र नेपाल मजदूर किसान पार्टीका नेता प्रेम सुवाल सहभागी थिए ।



प्रतिक्रिया दिनुहोस !