३ आश्विन २०८१, बिहिबार

घरेलु तथा साना उद्योग महासंघको महाअधिवेशन जेठमा

प्रकाशित मिति :  17 April, 2021 3:31 pm


काठमाडौं । नेपाल घरेलु तथा साना उद्योग महासंघको २५औँ राष्ट्रिय महाअधिवेशन आगामी जेठ २४, २५ र २६ गते राजधानीमा हुने भएको छ । महासंघको शनिबार बसेको केन्द्रीय कार्यसमितिको ११औँ बैठकले महाधिवेशनको मिति टुङ्गो लगाउनाका साथै २२औँ महिला उद्यमी सम्मेलन पनि सोही अवसरमा आयोजना गर्ने निर्णय गरेको महासंघका महासचिव डम्बरप्रसाद रेग्मीले जानकारी दिए ।

बैठकले नेपाल नवीकरणीय ऊर्जा परिसंघसँग एकीकरण गर्ने प्रक्रियालाई पनि अगाडि बढाएको छ । परिसंघ नेपालमा नवीकरण ऊर्जा प्रविधि विकासमा क्रियाशील निजी क्षेत्रका कम्पनीहरूको छाता संगठन हो ।

यसैबीच, नेपाल उद्योग वाणिज्य महासंघले पूर्वअध्यक्ष रविभक्त श्रेष्ठको संयोजकत्वमा चार सदस्यीय अनुशासन समिति गठन गरिएको जनाएको छ । समितिको उपसंयोजकमा अर्का पूर्वअध्यक्ष कुशकुमार जोशीलाई मनोनयन गरिएको महासंघले  बताएको छ ।



प्रतिक्रिया दिनुहोस !