५ आश्विन २०८१, शनिबार
सर्वदलीय बैठक

एमसीसी अगाडि बढाउने निष्कर्षमा प्रधानमन्त्री,संसदमा पेश गर्न सभामुखलाई आग्रह गर्ने

प्रकाशित मिति :  17 April, 2021 4:20 pm


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकी सहयोग परियोजना एमसीसी अगाडि बढाउने निष्कर्षमा पुगेका छन् ।

आज सर्वादलीय बैठकमा प्रधानमन्त्री ओलीले एमसीसी अगाडि बढाउन सहमति खोजेका छन् । प्रधानमन्त्री ओलीले अब एमससीसी जसरी पनि सदनमा लैजाने निष्कर्ष सुनाएका छन् ।

आज बोलाइएको सर्वदलीय बैठकपछि प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले निष्कर्ष भन्दै उल्लेख गरेका छन्,“सभामुखले सरकारको प्रस्ताव स्वेच्छाचारी ढंगले रोक्न मिल्दैन। दुई बर्षदेखि सभामुखले एमसीसी रोकेर राख्नुभएको छ । बैशाख ७ गते अगाडि नै कार्यव्यवस्था परामर्श समितिको बैठक बसेर प्रस्ताव सदनमा ल्याउन भनिनेछ । निर्णय जे गर्ने हो, सदनले गर्छ ।”

स्थानीय तह, प्रदेश सभा, प्रतिनिधि सभा र राष्ट्रिय सभाको उपनिर्वाचन संविधान र कानुनबमोजिम छिट्टै गर्नुपर्नेमा सर्वदलीय बैठकले निष्कर्ष निकाले थापाले जानकारी दिए ।

साथै बैठकले कोभिड–१९ महामारीको दोस्रो चरणको संक्रमण नियन्त्रण गर्न सरकारले बढी ध्यान दिनुपर्नेमा समेत सर्वदलीय बैठकले जोड । एमसीसी अगाडि बढाउन कांग्रेसपनि सहमत छ । माओवादी केन्द्रले भने यसको विरोध गर्दै आएको थियो ।



प्रतिक्रिया दिनुहोस !