५ आश्विन २०८१, शनिबार

एमालेद्वारा कर्णालीका तीन नेता निष्काशित,ज्वालालाई केन्द्रमा कारबाहीको सिफारिस

प्रकाशित मिति :  17 April, 2021 5:35 pm


काठमाडौं । नेकपा एमाले कर्णाली प्रदेश कमिटीले पार्टीका ३ सांसदलाई साधारण सदस्य समेत नरहने गरी निष्काशन गरेको छ ।

आज बसेको पार्टी बैठकले हिजोदेखि नै लागु हुने गरी प्रदेश सभा सदस्य नन्दसिंह बुढा, अमर बहादुर थापा र कुर्मराज शाहीलाई पार्टी सदस्यसमेत नरहने गरी निष्काशन गरिएको प्रदेश अध्यक्ष गोरखबहादुर बोगटीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

पार्टीका राष्ट्रिय महाधिवेशन आयोजक कमिटीका सदस्य समेत रहेका प्रकाश ज्वालालाई पार्टी पार्टी सदस्य समेत नरहने गरी निष्काशन गर्न पार्टी केन्द्रमा सिफारिस गरिएको छ । हिजो प्रदेशसभामा मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले विश्वासको मत लिँदा पार्टीको ह्वीप उलंघन गर्दै फ्लोर क्रस गरेपछि कारबाही गरिएको हो । कारबाही पर्ने सबै नेपाल पक्षका हुन् ।

ज्वाला,बुढा,थापा र शाहीलेपार्टीको निर्णय उल्लंघन गर्दै मुख्यमन्त्री शाहीलाई साथ दिएपछि माओवादी केन्द्र नेतृत्वको कर्णाली प्रदेश सरकार जोगिएको थियो । नेकपा एमालेभित्र समानान्तर गतिविधि चलिरहेको छ ।

अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपालसहितका नेतालाई निलम्बन गरेका थिए । निलम्बन गरेपछि नेपाल पक्षले समानान्तर गतिविधि गर्दै आएको छ ।



प्रतिक्रिया दिनुहोस !