६ आश्विन २०८१, आइतबार

रोल्पामा ब्रह्माकुमारी राजयोग प्रशिक्षण केन्द्रको नवनिर्मित भवन सञ्चालनमा

प्रकाशित मिति :  17 April, 2021 7:27 pm


रोल्पा । रोल्पामा ब्रह्माकुमारी राजयोग प्रशिक्षण केन्द्रको नवनिर्मित भवन सञ्चालनमा आएको छ ।

३० लाख रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको भवनको पूर्वमन्त्री एवं रोल्पाका प्रतिनिधि सभा सदस्य वर्षमान पुनले भवनको उद्घाटन गरेका छन् ।

लिवाङमा रहेको भवन निर्माणका लागि स्थानीय पूर्वाधार विकास कार्यक्रम मार्फत १५ लाख रुपैयाँ र सांसद पुनले व्यक्तिगत १ लाख रुपैयाँ सहयोग गरेका थिए भने अन्य रकम दाताबाट संकलन गरिएको थियो ।



प्रतिक्रिया दिनुहोस !