५ आश्विन २०८१, शनिबार

माओवादी केन्द्रको कारबाहीपछि बादलको सांसद पद खारेज,गृह मन्त्रीबाट पनि पदमुक्त

प्रकाशित मिति :  18 April, 2021 11:49 am


फाईल फोटो

काठमाडौं । गृह मन्त्री रामबहादुर थापा बादललाई माओवादी केन्द्रले कारबाही गरेपछि सांसद पद खारेज भएको छ भने गृह मन्त्रीबाट पनि पदमुक्त भएका छन् ।

राष्ट्रिय सभा सचिवालयले आज सूचना जारी गर्दै राष्ट्रिय सभा सदस्य भएको पद खारेज भएको जानकारी गराएको छ ।

नेकपा माओवादी केन्द्रले बादललाई पार्टीबाट निस्कासन गरेको पत्र गत चैत २७ गते नै राष्ट्रिय सभा सचिवालयमा पठाएको थियो ।

संघीय संसदका महासचिव भरतराज गौतमले जारी गरेको सूचना जारी गर्दै राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले उक्त पत्र स्वीकृत गरिएको जानकारी गराएका छन् ।

राष्ट्रिय सभा सदस्य पद गएसँगै गृहमन्त्री पदबाट पनि थापा पदमुक्त भएका छन् । यद्यपी प्रधानमन्त्री केपी शर्मा ओलीले थापालाई पुनः गृहमन्त्री नियुक्त गर्न सक्नेछन् ।

यसअघि माओवादी केन्द्र छोडेर आफूलाई साथ दिएका नेताहरु मन्त्री पदमुक्त भएपछि प्रधानमन्त्रीले फेरि मन्त्री नियुक्त गरेका थिए । संसद नभएको अवस्थामा पनि ६ महिनासम्म मन्त्री बन्न सक्ने व्यवस्था छ ।

सर्वोच्च अदालतले एमाले र माओवादी ब्युँताउने निर्णय गरेपछि पूर्वमाओवादी नेता थापा एमाले प्रवेश गरेका थिए । उनी अहिले एमालेको बागमती प्रदेश इन्चार्ज समेत छन् ।



प्रतिक्रिया दिनुहोस !