५ आश्विन २०८१, शनिबार

बादल फेरि गृह मन्त्रीमा नियुक्त,आजै पद तथा गोपनीयताको शपथ लिने

प्रकाशित मिति :  18 April, 2021 12:00 pm


काठमाडौं । रामबहादुर थापा ‘बादल’ ले आजै पुनः गृहमन्त्रीको पद तथा गोपनीयताको शपथ लिने भएका छन् ।

राष्ट्रिय सभा सदस्य पद खारेज भएसँगै उनी गृहमन्त्रीबाट आजै पद पदमुक्त भएका थिए। प्रधानमन्त्री केपी शर्मा ओलीले बादललाई एमाले नेताको हैसियतमा गृहमन्त्रीमा पुनर्नियुक्तका लागि सिफारिस गरेका हुन् ।

प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले बादलको आज साँझ ५ बजे राष्ट्रपति भवनमा पद तथा गोपनियताको शपथ ग्रहण कार्यक्रम तय भएको जानकारी गराएका छन् । सांसद नभएका व्यक्ति पनि ६ महिनासम्म मन्त्री हुन सक्ने संवैधानिक व्यवस्था अनुसार बादल पुनः गृहमन्त्री बन्न लागेका हुन्।

नेकपा माओवादी केन्द्रले बादललाई पार्टीबाट निस्कासन गरेको पत्र गत चैत २७ गते नै राष्ट्रिय सभा सचिवालयमा पठाएको थियो ।

संघीय संसदका महासचिव भरतराज गौतमले जारी गरेको सूचना जारी गर्दै राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले उक्त पत्र स्वीकृत गरिएको जानकारी गराएका थिए ।

राष्ट्रिय सभा सदस्य पद गएसँगै गृहमन्त्री पदबाट पनि थापा पदमुक्त भएपनि बादलले आजै पुन: जिम्मेवारी पाउन लागेका हुन् ।



प्रतिक्रिया दिनुहोस !