६ आश्विन २०८१, आइतबार

थबाङमा १५० किलोवाटको सौर्य मिनिग्रीड सञ्चालनमा

प्रकाशित मिति :  18 April, 2021 2:55 pm


रोल्पा । रोल्पाको थबाङ गाउँपालिका वडा नं १ बिबाङमा १५० किलोवाटको सौर्य मिनिग्रीडको उद्घाटन भएको छ ।

पूर्व उर्जा मन्त्री तथा रोल्पाका सांसद वर्षमान पुनले सोलारको उद्घाटन गरेका हुन् । यो बैकल्पिक उर्जा प्रर्वद्धन केन्द्रको तर्फबाट निर्माण भएको नेपालकै ठूलो सौर्य उर्जा हो ।

निजी क्षेत्रबाट भने यसअघि नै ८ मेगावाटको आयोजना राष्ट्रिय प्रशारण लाईनमा जोडिइसकेको छ ।

कार्यक्रममा पूर्व सभामुख तथा प्रतिनिधि सभा सदस्य ओनसरी घर्ती,लुम्बिनी प्रदेश सभा सदस्य दिपेन्द्र कुमार पुन लगायतको उपस्थिति रहेको थियो ।



प्रतिक्रिया दिनुहोस !