५ आश्विन २०८१, शनिबार

प्रधानमन्त्री ओली र विप्लवबीच भेटवार्ता

प्रकाशित मिति :  18 April, 2021 3:45 pm


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ बीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री ओलीसँगको भेटमा आजमात्रै पदमुक्त भएका गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराई थिए भने नेकपाका तर्फबाट महासचिव विप्लवसहित प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ सहभागि थिए ।

भेटवार्तामा तीन बुँदै सहमति कार्यान्वयनको प्रगति, बन्दी रिहाई र मुद्दा खारेजीको विषयमा छलफल भएको छ । छलफलमा सरकारले यथासक्य छिटो बन्दी रिहाई र मुद्दा खारेजी हुने आश्वासन दिएको छ ।

भेटवार्तामा देशको समग्र अर्थतन्त्रको बारेमा समेत छलफल भएको छ । छलफलमा कृषि उत्पादनलाई प्राथमिकतामा राख्ने, उत्पादन वृद्धि गर्ने तथा युवाहरुलाई रोजगारी दिने र युवाशक्तिको परिचालनको बिषयमा समेत छलफल भएको नेकपा स्रोतको भनाई छ ।

भेटवार्तामा देशका कतिपय स्थानहरुमा अझै पनि खानेपानी, बाटो–बत्ती , शिक्षा – स्वास्थ्य जस्ता आधारभूत कुराहरुको अभाव भएकाले त्यसको समाधान गर्न सरकारले आगामी नीति तथा कार्यक्रममा त्यस्ता बिषयहरुलाई समेटी आगामी बजेटमा समावेश गर्ने सहमति समेत भएको छ ।

देशको पछिल्लो राजनीतिक घटनाक्रम डरलाग्दो ढंगले अघि बढेको र यसलाई सहिमार्गमा ल्याउन आग्रगामी र दिर्घकालीन समाधान खोज्ने बिषयमा समेत सहमति भएको बताइएको छ ।

हिजो मात्रै प्रधानमन्त्री ओली र वार्ता टोलीका प्रमुख तथा प्रवक्ता प्रकाण्डबीच छलफल भएको थियो ।



प्रतिक्रिया दिनुहोस !