एनआरएन डेभलपमेन्ट फण्डको अध्यक्षमा महतो र कार्यकारी अधिकृतमा भट्टराई
काठमाडौं । एनआरएन डेभलपमेन्ट फण्डको अध्यक्षमा गैरआवासीय नेपाली संघका संस्थापक अध्यक्ष उपेन्द्र महतो चयन भएका छन् ।
संघका अध्यक्ष कुमार पन्तले महतो फण्डको अध्यक्ष चयन भएको आज जानकारी गराएका हुन् । त्यस्तै प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी अनलराज भट्टराईले पाएका छन् ।
फण्डको अध्यक्ष र कार्यकारी अधिकृत चयनपछि अध्यक्ष पन्तले एनआरएन डेभलपमेन्ट फन्डले स्पष्ट आकार लिएको उल्लेख गरेका छन् । उनले भनेका छन्,“उहाँहरू दुवैजनाको व्यावसायिक अनुभवको भरपूर उपयोग भई संसारभरका गैरआवासीय नेपालीको लगानीलाई उच्चतम प्रतिफल दिने कम्पनीका रुपमा विकास स्थापित गर्नका लागि हार्दिक बधाइ तथा शुभकामना !”
थप खुसीको खबर
एनआरएन डेभलपमेन्ट फन्डले स्पष्ट आकार लिएको छ । अध्यक्षमा गैरआवासीय नेपाली संघ (#NRNA)का संस्थापक अध्यक्ष उपेन्द्र महतो चयन हुनुभएको छ । प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी अनलराज भट्टराईले पाउनुभएको छ ।#InvestInNepal pic.twitter.com/ViY0ePCb3k— Kumar Panta (@kumarpanta1) April 18, 2021
विश्वभरि छरिएर रहेका गहेका गैर आवासीय नेपालीहरूलाई नेपालको विकासमा संलग्न गर्ने भन्दै कोषको स्थापना गरिएको संघले जनाएको छ । कोषले सुरुमा विश्वभरि रहेका कम्तिमा १० लाख गैर आवासीय नेपालीमार्फत १० अर्ब रूपैया परिचालन गर्ने छ । नवनियुक्त कार्यकारी अधिकृत भट्टराईले लुम्बिनी सञ्चारसँग भने, “ यो रकम हामीले नेपालको पूर्वाधार, पर्यटन, ऊर्जालगायतका क्षेत्रका लगानी गरिनेछ ।”
गैरआवासीय नेपालीमात्र नभई विश्वभरिका लगानीकर्ताहरूका लागि नेपाल लगानी गर्न पर्याप्त अवसर भएको भूमि हो भन्ने सन्देश दिन पनि कोषले काम गर्ने भट्टराईको भनाई छ ।
यस कोषले मूलतः नेपालमा लगानी गर्न चाहने तर ठूलो लगानी गर्न सामथ्र्य नराख्ने सानो पँुजी आधार भएका गैर आवासीय नेपालीलाई सहभागी गराउन आइपीओ जारी गरिने उनले बताए ।
यसको विस्तृत अवधारणा भोली अर्थ मन्त्रालयमा पत्रकार सम्मेलन गरेर जानकारी गराईने प्रमुख कार्यकारी अधिकृत भट्टराईको भनाई छ ।