६ आश्विन २०८१, आइतबार

नेपालमा पछिल्लो २४ घण्टामा १०९६ जनामा कोरोना संक्रमणको संक्रमण पुष्टि

प्रकाशित मिति :  18 April, 2021 4:42 pm


काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा देशभर १०९६ जनामा कोरोना संक्रमणको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनका क्रममा प्रवक्ता डाक्टर जागेश्वर गौतमले ५०८४ पिसिआर परीक्षणबाट १०१५ र ६९९ एन्टीजेनबाट ८१ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।

काठमाडौं उपत्यकामा सबैभन्दा धेरै ४३५ जनामा संक्रमण पुष्टि भएको छ । यसमध्ये ३२६ जना काठमाडौँमा, ६४ जना ललितपुर तथा ४५ जना भक्तपुरका रहेका छन् ।

पछिल्लो २४ घन्टामा २६२ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो समय कोरोना संक्रमितको संख्या बढ्दै गएको देखिएको छ ।



प्रतिक्रिया दिनुहोस !