६ आश्विन २०८१, आइतबार

बर्दियामा अदालतले दोषि ठहर गरेपनि फरार रहेका ३ व्यक्ति पक्राउ

प्रकाशित मिति :  18 April, 2021 5:45 pm


बर्दिया । बर्दियामा अदालतले दोषि ठहर गरेपनि फरार भएका ३ व्यक्ति पक्राउ परेका छन् ।

बर्दिया जिल्ला अदालतले २०७२ चैत ९ गते ५ हजार रुपैयाँ जरिवाना तोकेपनि फरार रहेका पदमबदुर समाललाई प्रहरीले पक्राउ गरेर अदालतलाई बुझाएको हो ।

बर्दिया बाँसगढी नगरपालिका वडा नं. १ चेपाङ बस्ने बर्ष ३४ का समाललाई प्रहरी चौकी चेपाङको टोलीले पक्राउ गरि आज बुझाएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

२०७३ असार १६ गते बन्यजन्तु चोरी निकासी मुद्दामा ५ हजार रुपैयाँ फैसला सुनाएपनि फरार रहेका चेपाङकै पल ब.सुनारलाई पनि प्रहरीले पक्राउ गरि आज अदालतमा बुझाएको छ ।

त्यस्तै २०७२ चैत १८ गते जिल्ला अदालत बर्दियाले बहुबिबाह मुद्दामा २५०० रुपैयाँ जरिवाना तोकेपनि फरार रहेका बढैयाताल गाउँपालिका वडा नं. ६ मैनापोखर बस्ने रिना थारुलाई पक्राउ गरि जिल्ला अदालत बर्दियालाई बुझाएको छ ।

थारुलाई प्रहरी कार्यालय मैनापोखरको टोलीले पक्राउ गरेको थियो ।



प्रतिक्रिया दिनुहोस !