५ आश्विन २०८१, शनिबार

बादलद्वारा पुनः गृह मन्त्रीको सपथ ग्रहण

प्रकाशित मिति :  18 April, 2021 6:14 pm


काठमाडौं । रामबहादुर थापा ‘बादल’ले पुनः गृहमन्त्रीको सपथ ग्रहण गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा थापालाई राष्ट्रपति विद्यादेवी भण्डारीले गृह मन्त्रीमा नियुक्त गरि पद तथा गोपनियताको सपथ ग्रहण गराएकी हुन् ।

नेकपा माओवादी केन्द्रको सिफारिसमा बादललाई आजै राष्ट्रिय सभा सदस्यबाट हटाइएपछि गृह मन्त्रीबाट पदमुक्त भएका थिए । पदमुक्त भएका थापालाई प्रधानमन्त्री ओलीले फेरि उनलाई निरन्तरता दिएका हुन् ।

सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्र ब्युँताइदिएपछि थापा एमालेमा प्रवेश गरेका थिए ।

उनी एमालेको केन्द्रीय सदस्य तथा बागमती प्रदेश इन्चार्ज हुन् । थापा एमालेमा प्रवेश गरेपछि माओवादी केन्द्रले उनलाई राष्ट्रिय सभा सदस्यबाट हटाउने निर्णय गरेको थियो। ०७४ मा भएको निर्वाचनमा माओवादी केन्द्र बागमती प्रदेशबाट थापा राष्ट्रिय सभा सदस्य निर्वाचित भएका थिए ।

थापाको सांसद पद रिक्त भएसँगै अब ३५ दिनभित्र उपनिर्वाचन गर्नुपर्नेछ । साथै सांसद नरहेको अवस्थामा थापा ६ महिनाका लागि मन्त्री रहने छन् ।



प्रतिक्रिया दिनुहोस !