५ आश्विन २०८१, शनिबार

प्रतिनिधि सभाको अधिवेशन अन्त्य

प्रकाशित मिति :  19 April, 2021 11:57 am


फाइल फोटो

काठमाडौं । प्रतिनिधि सभाको अधिवेशन अन्त्य भएको छ ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आजै अपराह्न १ बजेदेखि संसद अधिवेशन अन्त्य गरेकी हुन् । आज बसेको मन्त्रिपरिषद् बैठकले संसद अधिवेशन अन्त्यका लागि सिफारिस गरेको थियो ।

प्रतिनिधि सभाको बैठक भोलीका लागि तय भएको थियो । तर, बैठक तय भइसकेको अवस्थामा सरकारले अधिवेशन अन्त्य गरेको हो । प्रधानमन्त्री ओलीले गत पुस ५ गते गरेको संसद विघटन फागुन ११ मा सर्वोच्चले पुर्नस्थापना गरेपछि फागुन २३ बाट प्रतिनिधि सभा बैठक बसेको थियो ।

पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख अग्निप्रसाद सापकोटाबीच सार्वजनिक रुपमै एक आपसमा आलोचना हुने क्रम बढेको थियो । हिजो मात्रै सभामुख सापकोटाले प्रतिनिधि सभालाई चौतफी घेराबन्दी गरिएको बताएका थिए ।



प्रतिक्रिया दिनुहोस !