५ आश्विन २०८१, शनिबार

लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता,नयाँ मुख्यमन्त्रीमा केसीको नाम प्रस्ताव

प्रकाशित मिति :  19 April, 2021 12:43 pm


काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ।

कांग्रेस, माओवादी केन्द्र र जसपाका सांसदहरुले मुख्यमन्त्री पोखरेलविरुद्ध आज अविश्वासको प्रस्ताव दर्ता गराएका हुन्। नयाँ मुख्यमन्त्रीमा कुलप्रसाद केसीको नाम प्रस्ताव गरिएको छ ।

नेकपा माओवादी केन्द्रका सांसद दिपेन्द्रकुमार पुनले अविश्वासको प्रस्ताव दर्ता भएको र मुख्यमन्त्री कुलप्रसाद केसीको नाम प्रस्ताव गरिएको जानकारी दिए । लुम्बिनी सञ्चारसँग कुरा गर्दै पुनले भने,“प्रस्ताव दर्ता गरिएको छ ।”



प्रतिक्रिया दिनुहोस !