५ आश्विन २०८१, शनिबार

लुम्बिनी प्रदेशमा अविश्वासको प्रस्ताव दर्तासँगै दुई मन्त्रीको राजीनामा

प्रकाशित मिति :  19 April, 2021 2:25 pm


रुपन्देही । लुम्बिनी प्रदेशमा मुख्यमन्त्री शंकर पोख्रेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेसँगै माओवादी केन्द्रका दुई मन्त्रीले राजीनामा दिएका छन् ।

आन्तारिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसी र सामाजिक विकासमन्त्री सुदर्शन बरालले आज राजीनामा दिएका हुन् ।

राजीनामा दिने आन्तरिक मामिला मन्त्री केसी नयाँ मुख्यमन्त्रीका रुपमा प्रस्ताव गरिएका छन् । आज मात्रै नेपाली कांग्रेस,माओवादी केन्द्र र जसपासहित ४१ जना सांसदको हस्ताक्षरसहित मुख्यमन्त्री शंकर पोख्रेल विरुद्व अविश्वासको प्रस्ताव दर्ता गरिएको थियो ।

नेकपा माओवादी केन्द्रले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएर अविश्वासको प्रस्ताव दर्ता गरेलगत्तै दुबै मन्त्रीको राजीनामा आएको हो ।

२०७४ साल फागुनमा माओवादी केन्द्रको समर्थन सहित एमालेका शंकर पोखरेल मुख्यमन्त्री बनेका थिए। माओवादी केन्द्रबाट माओवादीका कुलप्रसाद केसी र सुदर्शन बराल मन्त्री बनेका थिए।



प्रतिक्रिया दिनुहोस !