४ आश्विन २०८१, शुक्रबार

सिङ्गापुरमा २५ वर्षयताकै ठूलो परिमाणमा गाँजा जफत

प्रकाशित मिति :  19 April, 2021 5:00 pm


काठमाडौ । सिङ्गापुरकाो लागु औषध प्रतिरोधी नियोगले २५ वर्षयताकै सबै भन्दा ठूलो परिमाणमा गाँजा जफत गरेको जनाएको छ ।

विश्वमै सर्वाधिक कठोर लागु औषध सम्बन्धी कानुन त्यहाँ रहेको छ ।

सर्वस्वसहितको कठोर सजाय हुने कानुन छ ।

लागु औषधसम्बन्धी केन्द्रीय ब्युरोले २३.७ किलो ग्राम गाँजा र १६.५ किलो ग्राम हिरोइनका साथै क्रिस्टल मेथाम्फेटामाइन र एक्स्टेसी टयाब्ले जफत गरेको विज्ञप्ति जारी गरी जनाएको छ ।

गाँजा जफत १९९६यताकै सबै भन्दा ठूलो परिमाणको जफत हो भने हिरोइन सन् २००१ यताकै सबै भन्दा ठूलो जफत भएको जनाइएको छ ।

जफत गरिएको लागु औषधको मूल्य १७ लाख अमेरिकी डलर बराबर रहेको छ ।

ब्युरोल २२ वर्षीय मलेसियन नागरिकलाई पक्राउ गरेको छ ।

सिङ्गापुरमा आधा किलो भन्दा बढी गाँजा बोकि हिँडनेलाई मृत्युदण्डको सजायसम्म हुन सक्ने प्रावधान रहेको छ ।

 



प्रतिक्रिया दिनुहोस !