५ आश्विन २०८१, शनिबार

लुम्बिनी प्रदेशमा जसपाका सांसद बने मन्त्री तर इन्चार्ज सुवेदी भन्छन्,‘हामी सरकारको पक्षमा छैनौ’

प्रकाशित मिति :  19 April, 2021 5:30 pm


काठमाडौं । लुम्बिनी प्रदेशमा जनता समाजवादी पार्टीभित्र समस्या देखिएको छ ।

जनता समाजवादी पार्टीका ५ जना सांसदले मुख्यमन्त्री शंकर पोखरेल विरुद्ध हस्ताक्षर गरेको केही समयपछि फेरि मन्त्री बनेका छन् । यसले जसपाभित्र केन्द्रमा देखिएको सत्तासमिकरणको विवादको प्रभाव लुम्बिनीमा देखिएको छ ।

लुम्बिनी प्रदेशमा जसपाका ६ सांसद छन् । ६ जना मध्य कल्पना पाण्डेबाहेक सबै सांसदले अविश्वासको प्रस्तावमाथि हस्ताक्षर गरेका छन् । तर हस्ताक्षर गरेको केही समयपछि नै हस्ताक्षर गर्ने सन्तोष पाण्डे,विजयकुमार यादव,समुन शर्मा रायमाझी र कल्पना पाण्डे मन्त्री बनेका हुन् ।

पाण्डे भौतिक पूर्वाधार,यादव भूमि व्यवस्था तथा कृषि,कल्पना पाण्डे सामाजिक विकास मन्त्री र रायमाझीले राज्यमन्त्रीको सपथ लिएका छन् ।

जनता समाजवादी पार्टीका लुम्बिनी प्रदेशका इन्चार्ज नवराज सुवेदीले भने यो व्यक्तिगत निर्णय भएको बताए । उनले भने,“हामी सरकारको विपक्षमा छौं, मन्त्री बने वा बन्ने विषय ठूलो कुरा होईन । नैतिक हिसाबले पनि केपी ओलीसँग सहकार्य गर्नु गलत हुन्छ ।”



प्रतिक्रिया दिनुहोस !