५ आश्विन २०८१, शनिबार

गण्डकी प्रदेश सभाको विशेष अधिवेशन आह्वान

प्रकाशित मिति :  19 April, 2021 5:55 pm


काठमाडौं । गण्डकी प्रदेश सभाको विशेष अधिवेशन यही वैशाख १३ गते आह्वान भएको छ ।

प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीले संसदमा अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी भएपछि यही बैशाख २ गते राती मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको सिफारिसमा प्रदेश प्रमुखले प्रदेश सभाको हिउँदे अधिवेशन अन्त्य गरेका थिए ।

लगत्तै कांग्रेससहितका तीन दलका सांसदले विषेश अधिवेशनको माग गर्दै निवेदन दिएका थिए ।

तीन दलका २८ जना सांसदले हस्ताक्षर सहित प्रदेश प्रमुख समक्ष विषेश अधिवेशनको माग गर्दै निवेदन पेश गरेपछि प्रदेश प्रमुख अमिक शेरचनले यही वैशाख १३ गते १ बजेका लागि विशेष अधिवेशनको आह्वान गरेका हुन् ।



प्रतिक्रिया दिनुहोस !