५ आश्विन २०८१, शनिबार

सरकारका प्रवक्ता भन्छन्,‘सरकार परिवर्तन गर्न लामो समय दिँदा पनि कुनै गतिवधि भएन’

प्रकाशित मिति :  19 April, 2021 6:16 pm


काठमाडौं । सरकारका प्रवक्ता पार्वत गुरुङले प्रयाप्त समय दिँदा पनि सरकार परिवर्तनको कुनै गतिवधि नभएको जिकिर गरेका छन् ।

मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न भएको पत्रकार सम्मेलनमा प्रवक्ता गुरुङले भने,“केही राजनीतिक पार्टीका साथीहरूलाई छिटो भन्दा छिटो सरकार परिवर्तन गर्ने र छिटो भन्दा छिटो प्रधानमन्त्री बन्ने रहर भएका राजनीतिक पार्टीका साथीहरूलाई हाम्रो सरकाले अवसर निकै लामो दिएको हो । समय दिँदादिँदैपनि सरकार परिवर्तनका लागि कुनैपनि गतिवधि नै गरिएन ।”

संसदमा अविश्वासको प्रस्ताव छल्न चालु अधिवेशन अधिवेशन अन्त्य गरेको भन्ने आरोप गलत भन्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री गुरुङले बिजनेश पनि अगाडि बढ्न नदिएको र सरकार परिवर्तनका लागि कुनै गतिवधि नभएकाले अन्त्य गरिएको जिकिर गरे ।

सरकारले आजैदेखि लागु हुने गरि राष्ट्रपति विद्यादेवी भण्डारीलाई प्रतिनिधि सभाको अधिवेशन अन्त्य गर्न सिफारिस गरेको थियो । सरकारको सिफारिस अनुसार राष्ट्रपति भण्डारीले अधिवेशन अन्त्य गरेकी छन् ।



प्रतिक्रिया दिनुहोस !