एनआईसी बैंकको मोबाइल बैंकिङ एपमा ‘कस्टमर केयर’ सेवा
काठमाडौं । एन आई सी एशिया बैंकले आफ्नो मोबाइल बैंकिङ एपमा कस्टमर केयरको सुरुवात गरेको छ ।
ग्राहकको समस्या समाधान तथा जिज्ञासालाई सम्बोधन गर्नका लागि बैंकले एनआईसी एसिया माबाइले बैंक मार्फत कस्टमर केयर सुरुवात गरेको हो । सेवा तथा सुविधाहरूलाई डिजिटल मैत्री बनाउने क्रममा कस्टमर केयरबाट डिजिटल बैंकिङ्ग प्रवद्र्धनमा सहयोग पुग्ने बैंकका प्रमुख सूचना अधिकारी सुधिर नाथ पाण्डेले बताए ।
यस सेवा मार्फत विभिन्न विषयमा जानकारी पाउनको लागि च्याटमार्फत सजिलै प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । बैंकको प्रतिनिधिसँग जिज्ञासा वा गुनासो गर्न तथा सेवाबारे सिधा सम्पर्क गर्ने सक्ने छन् । ग्राहकहरूले आफ्नो जिज्ञासा तथा गुनासोलाई टिकटमार्फत दर्ता गर्न सक्ने ।
जानकारी मुलक भिडियो सामग्रीहरू समेत ग्राहक महानुभावहरूले हेरी डिजिटल सेवाहरू आफै उपभोग गर्न सक्ने । बैंकलाई सिधै ईमेल पठाउन सक्ने व्यवस्था पनि रहेको बैंकले जनाएको छ ।
ग्राहकहरुले जुनसुकै स्थानबाट र जुनसुकै समयमा आफ्नो मोबाइल प्रयोग गरी बैंकिङ्ग आवश्यकता पुरा गर्ने पाण्डेले बताए ।