६ आश्विन २०८१, आइतबार

प्रधानमन्त्रीले बालुवाटारमा पूजा गरेपछि राम, सीता, लक्ष्मण र हनुमानका मूर्ति चितवन पठाइयो

प्रकाशित मिति :  20 April, 2021 11:14 am


काठमाडौं । चितवनको अयोध्यापुरीमा  राखिने राम, सीता, लक्ष्मण र हनुमानका मूर्तिलाई प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा विधिवत् रूपमा पूजाआजा गरेर चितवन पठाइएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली र उनकी पत्नी राधिका शाक्यले मूर्ति चितवन पठाउनुअघि पूजा गरेका छन् । मूर्तिहरू रथ यात्रा गरेर आज चितवन पठाइएको छ । कार्यक्रममा प्रधानमन्त्री पत्नी राधिका शाक्य, पर्यटन तथा संस्कृतमन्त्री भानुभक्त ढकाल, एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ, सन्तमहन्तलगायतको उपस्थिति रहेको थियो ।

राम, सीता, लक्षमण र हनुमानका मूर्ति रामनवमीको अवसर पारेर चितवनको अयोध्याधाममा स्थापना गरिनेछ । पूर्णकदका ती मूर्तिहरु माडी अयोध्याधाममा भोली अनावरण गर्न लागिएको अयोध्याधाम प्रचारप्रसार समितिका संयोजक श्रीप्रसाद दवाडीले जानकारी दिएका छन् ।

‘श्री सीताराम शोभा रथयात्रा’ नाम दिइएको सो धार्मिक र्‍याली सहित सीता९रामका मूर्तिहरुलाई आज देवघाटमा राखिनेछ ।

भोलि चैत ८ गते अर्थात् रामनवमीको दिन माडीको अयोध्याधाममा लगेर अनावरण गर्ने कार्यक्रम छ । प्रधानमन्त्री ओलीले त्रेतायुगका मर्यादापुरुषोत्तम रामको जन्म अयोध्यापुरीमा भएको सार्वजनिक अभिव्यक्ति दिएपछि माडीको अयोध्यापुरी चर्चामा आएको थियो ।



प्रतिक्रिया दिनुहोस !