५ आश्विन २०८१, शनिबार

लुम्बिनी प्रदेशमा मन्त्री बनेका जसपाका सांसदले राजीनामा र स्पष्टिकरण नदिने

प्रकाशित मिति :  20 April, 2021 12:17 pm


काठमाडौं । लुम्बिनी प्रदेशमा जनता समाजवादी पार्टीबाट मन्त्री भएका सांसदहरूले स्पष्टिकरण पनि नबुझाउने र पदबाट राजीनामा पनि नदिने बताएका छन् ।

हिजो मुख्यमन्त्री शंकर पोखरेल विरुद्व दर्ता गरिएको अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका सांसदहरू केही घण्टामै मन्त्री बनेपछि लुम्बिनीमा तरंग देखिएको छ ।

अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका जसपाका सांसद सन्तोषकुमार पाण्डेय,विजयबहादुर यादव, सुमन शर्मा रायमाझी र कल्पना पाण्डे लम्साल मन्त्री बनेका थिए । कल्पना पाण्डेले मात्रै अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेकी थिइनन् ।

लुम्बिनी प्रदेशमा जसपाका ६ सांसद छन् । मन्त्री बनेका सान्तोषकुमार पाण्डेयले भने,“हामी फिर्ता किन हुने ? केन्द्रले स्पष्टिकरण सोधे भने जवाफ दिउँला तर प्रदेशले सोधेर हुँदैन ।”

हिजै जसपाका लुम्बिनी प्रदेश अध्यक्ष अशोककुमार यादवले विज्ञप्ति जारी गदै मन्त्री बनेका नेतालाई निलम्बन गरी २४ घण्टे स्पष्टीकरण सोधेको जानकारी गराएका थिए । तर यादवको विज्ञप्ति र स्पष्टिकरणलाई व्यक्तिको भएको मन्त्री पाण्डेले बताए । उनले भने,“त्यो त उहाँको व्यक्तिगत विज्ञप्ति हो, संस्थागत आउनुपयो नी । जिल्लामा पार्टी एक नै भएको छैन ।”

उनका अनुसार केन्द्रमा पार्टी एकीकरण भएपनि जिल्लामा नभएकाले यस्तो स्पष्टिकरणले कुनै फरक नपार्ने तर्क गरे । यद्यपी केन्द्रले स्पष्टिकरण सोधे जवाफ दिने बताए ।



प्रतिक्रिया दिनुहोस !