४ आश्विन २०८१, शुक्रबार

भारतमा संक्रमितको संख्या केही कम तर मृतकको संख्यामा रेकर्ड कायम

प्रकाशित मिति :  20 April, 2021 12:41 pm


काठमाडौं । भारतमा कोरोना संक्रमितको संख्या पछिल्लो २४ घण्टामा केही कम देखिएको छ भने मृतकको संख्यामा नयाँ रेडक कायम भएको छ ।

भारतीय सञ्चार माध्यमका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमितको संख्या २,५९,१७० रहेको छ । अघिल्लो दिन संक्रमितको संख्या २,७३,८१० थियो । स्वास्थ्य मन्त्रालयका अनुसार १७६१ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

यो दोस्रो लहर फैलिएपछिको सबैभन्दा धेरै संख्या हो । भारतमा अहिलेसम्म १२ करोड ७१ लाख भन्दा बढी जनसंख्या कोरोना संक्रमित भइसकेको छ । अब भारतमा २०,३१,९७७ सकृत संक्रमित छन् ।



प्रतिक्रिया दिनुहोस !