चौथो संस्करणका चलनचल्तीका कतारी रियाल हट्ने,वैशाख २७ गतेभित्र साटिसक्नुपर्ने
प्रकाशित मिति : 20 April, 2021 1:18 pm
काठमाडौं । कतारको केन्द्रीय बैंकले निष्काशन गरेको चौथो संस्करणका चलनचल्तीका कतारी रियाल हटाउने भएको छ ।
सन् २०२१ को जुलाई १ पछि चौथो संस्करणका कतारी रियाल हटाउन लागेको हो । नेपाल राष्ट्र बैंकले सूचना जारी गर्दै यही बैशाख २७ गतेभित्र रकम साट्न भनेको छ ।
आज सूचना जारी गर्दै बैंकले सूचना जारी गर्दै ‘त्यस्ता नोटहरु २०७८ वैशाख २७ गतेभित्र प्रचलित व्यवस्था बमोजिम यस बैंकको बैंकिङ विभाग, बैंकिङ कारोबार गर्ने यस बैंकका प्रदेशस्थिति कार्यालयहरू,विदेशी विनिमयको कारोबार गर्न यस बैंकबाट इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय संस्था, वा परिवत्र्य विदेशी मुद्राको कारोबार गर्न इजाजत पत्र प्राप्त मनिचेञ्जरहरूबाट सटही गर्न/गराउनु हुन’ भनेको छ ।