४ आश्विन २०८१, शुक्रबार

अफगानी राष्ट्रपति भन्छन् –क्षेत्रीय समृद्धिको कारक भारत र चीन

प्रकाशित मिति :  20 April, 2021 1:49 pm


काठमाडौ । दक्षिण एसियाली देश अफगानस्तिानका राष्ट्रपति असरफ घानीले क्षेत्रीय समृद्धिको हेतु भारत र चीन रहेको बताएका छन् ।
यो हेतुलाई स्वीकर गर्ने अवसर पाकिस्तानको अगाडि आएको उनले जनाएका हुन् ।

यो सत्यलाई स्वीकार गर्दै राष्ट्रपति घानीले पाकिस्तानका सबै हिसाबकिताब गलत साबित भएको बताए ।

सीएनएनको एक अन्तर्वार्तामा घानीले पाकिस्तानका सबै नेताहरूले अफगानिस्तानमा तालिबानको सरकार नचाहेको बताए ।

द्वन्द्वग्रस्त देशमा उनीहरूले एक शान्तिपूर्ण, स्थायी, लोकतान्त्रिक सरकार बनेको हेर्न चाहेको उनले जनाए ।

उनले भने भने “ हामी उनीहरूको समृद्धिको साँचो हौं ।अफगानिस्तानमा वृद्धि दर दुई प्रतिशत एक स्थायी वृद्धि हो । हामी मिलेर काम गर्छौ ”
मध्य एसियामा सम्पर्क जोड्न उनीहका लागि दुई विकल्प छन् । हामी भएर जोडिन हो या हामीलाई अराजकतामा छोड्ने हो ।”

अफगानिस्तानमा गृहयुद्ध नविकरण पाकिस्तानका कारण हुने पनि उनले बताए । यतिबेला पाकिस्तानले छनौट गर्नुपर्ने पर्ने भन्दै अफगानी राष्ट्रपति घानीले पाकिस्तानका सबै हिसाबकिताब गलत भएका छ ।”

अफगानिस्तानले विशेषगरी अफगानी तलिबानलाई पाकिस्तानले सुरक्षित आश्रयस्थल दिएकाो आरोप लगाउँदै आएकाो छ ।
चीन हस्ताक्षेपकारी शक्ति नभएको र यो परोक्ष सैन्य युृद्धमा संलग्न नरहेको उनले त्यसक्रममा बताए ।

क्षेत्रीय सहयोगका लागि पाकिस्तानले शान्तिको छनौट गरी पाकिस्तान क्षेत्रीय समृद्धिको सहयोगी बन्न सक्ने उनले जनाए ।
पाकिस्तानको बोली वचनमा बदलाव आएका जनाउँदै उनले इश्लामाबादमा भएको सुरक्षा सम्मेलनमा सहिष्णुता तथा सहयोगको कुरा महत्वपूर्णरूपमा उठेको थियो ।

अमेरिका र उसको सैनिक संगठन नेटालाई केही संरक्षकत्वलाई विस्थापित गर्ने मनसाय हाम्रो नभएको बताउँदै उनले चीन र भारतको भूमिका यो क्षेत्रमो समृद्धिमा महत्वपूर्ण छ ।

अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता हुनु भनेको हाम्रालागि अवसर आउने उनले जनाए ।

तालिबान र पाकिस्तानका लागि यो छनौट गर्ने अवसर हो । उनीहरूले शान्ति खोज्छन् कि अराजकता त्यो महत्वपूर्ण विषय भएको बताए ।

 



प्रतिक्रिया दिनुहोस !