६ आश्विन २०८१, आइतबार

कपिलवस्तुमा बस र ट्रक ठोक्किदा २४ जना भन्दा बढी यात्रु घाइते

प्रकाशित मिति :  20 April, 2021 2:26 pm


कपिलवस्तु । कपिलवस्तुको बुद्धभूमि-९ मा बस र ट्रक ठोक्किदा २४ जना भन्दा बढी यात्रु घाइते भएका छन् ।

बुटवलबाट कृष्णनगर तर्फ जादै गरेको लु १ ख ५६८४ नम्वरको यात्रुवाहक बस र विपरीत दिशाबाट आउँदै गरेको ना ४ ख ३०१२ नम्बरको मालबाहक ट्रक बिहान ठोक्किएको थियो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी निरीक्षक दिलिप कार्कीले बस र ट्रक चालक दुबै गम्भीर घाइते भएको बताए । स्थानीय रुटमा चल्ने बस भएकाकाले बढी घाइते भएको कार्कीले बताए ।

घाइते मध्य ६ जनाको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय गोरुसिगेंका प्रहरी निरीक्षक कृष्ण राना मगरले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस !