४ आश्विन २०८१, शुक्रबार

पत्नीमा कोरोना पोजिटिभ देखिएपछि दिल्लीका मुख्यमन्त्री एकान्तवासमा

प्रकाशित मिति :  20 April, 2021 3:21 pm


काठमाडौ । भारतको दिल्ली प्रदेशका मुख्यमन्त्री अरविन्द केजरीवाल एकान्तवासमा गएका छन् ।

पत्नी सुनितामा कोरोना पोजिटिभ देखिएपछि मुख्यमन्त्री एकान्तवासमा गएका हुन् । पत्नी सुनिामा पनि एकान्तावासमा गएकी छिन् ।

गत वर्ष जुन वरपर केजरीवालमा कोरोनाका लक्षण देखिएपनि परीक्षण निगेटिभ आएको थियो । यसअघि एकाउन्न वर्षीय मुख्यमन्त्री केही दिनसम्म ज्वरोमा रहेका थिए । त्यतिबेला पनि उनी आफूलाई एकान्तवासमा राखेका थिए ।

ठिक यही बेला मुख्यमन्त्री केजरीवालले सबैलाई घरमा सुरक्षित रहन आग्रह गरेका छन् । सोमबार दस बजे रातिदेखि २६ अप्रिल ५ बजे बिहानसम्म लकडाउन लगाइएको छ ।

ट्वीट गरी मुख्यमन्त्री केजरीवालले मंगलबार देखि सुरु भएको लकडाउनमा सबैलाई सहयोग गर्न आग्रह गरेका छन् । यो लकडाउनको घोषणा मुख्यमन्त्रीले हिजो सोमबार गरेका थिए ।



प्रतिक्रिया दिनुहोस !