६ आश्विन २०८१, आइतबार

बाँकेमा कम्तिमा एकहप्ता लकडाउन गर्न सिफारिस

प्रकाशित मिति :  20 April, 2021 3:35 pm


बाँके । जिल्ला कोभिड क्राइसिस म्यानेजमेन्ट सेन्टर(डिसिसिएमसीे) बाँकेमा कम्तिमा एकहप्ता लकडाउन गर्न सिफारिस गरेको छ ।

आज बसेको बैठकले बाँकेमा फैलिरहेको कोरोनाको श्रृङला तोड्न कम्तिमा एक हप्ताका लागि लकडाउन गर्नुपर्ने निष्कर्ष निकाल्दै प्रमुख जिल्ला अधिकारी समक्ष सिफारिस गरेको हो ।

बाँकेका प्रमुख जिल्ला अधिकारीले सिफारिसबारे थप निर्णय गर्नेछन् । बाँकेमा संक्रमितको संख्या बढ्दै गएपछि अस्पतालमा बेडको समेत अभाव हुन थालेको छ ।

बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले डिसिसिएमसीले लकडाउन सिफारिस गरेको जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस !