४ आश्विन २०८१, शुक्रबार

रामदेव बाबाको पतञ्जलीले इथोपियामा कसरी फुत्कायो सित्तैमा ६० हजार एकड जमिन ?

प्रकाशित मिति :  20 April, 2021 4:57 pm


काठमाडौं ।  सन् २०१९मा टाट पल्टेको कम्पनी रुची सोया कम्पनीलाई पतञ्जली आयुर्वेद नेतृत्वको एक कम्पनीले किन्ने घोषणा गर्दा लगानीकर्ता तथा सेयर धनीले आफूलाई राहत भएको अनुभव गरे ।

४३ अर्ब ५० करोड भारुको यो कारोबार एक सफल कथाको रूपमा चर्चा बटुल्यो । जब यसको अन्त्र्य खुल्यो सबैका आँखा खुल्याखुल्यै भयो ।

सन् १७ नोभेम्बर २०२०मा रुची सोयाले २८ मार्च २०२०मा आफ्नो मातहतका पाँच सहयोगी कम्पनीका एकाइहरू बन्द गरिएको जानकरी सेयर बजारलाई दिइएको देखिन्छ ।

यी सबै सहयोगी कम्पनीहरू सनातन मल्टी स्किल डेभलपमेन्ट एन्ड एजुकेसनलाई बिक्री गरियो । यी पाँच मध्ये रुची सोयाको ५२.३ प्रतिशत सेयर रहेको रुची वल्र्ड वाइड पनि सामेल रहेको थियो ।

रुची सोयाका अन्य सहयोगी एकाइहरूमा आरएसआईएल होल्डिङ, मृग ट्रेडिङ र अन्य दुई विदेशी सहयोगी कम्पनीहरू रुचि इन्डस्ट्रिज लिमिटेड र रुची इथोपिया होल्डिङ लिमिटेड पनि सामेल रहेको देखियो ।

सेयर बजारमा दिइएको जानकारीमा यो कारोबारको आकारको बारेमा केही जानकारी दिइएको देखिदैन । केही दिन पछि दिइएका दुई जानकारीमा सम्झौता १ सय भारुमा भएको उल्लेख छ । तर आरएसआईएल होल्डिङ३.५५ करोड भारुमा बिक्री गरिएको उल्लेख छ ।

सेयर बजारलाई दिइएको जानकारी अनुसार यो बिक्री स्लम सेलको आधारमा नभइ समाधान प्रक्रिया अन्तर्गत भएको कारोबार हो ।

यसमा यो पनि भनिएको छ कि खरिदार कम्पनी प्रोमोटर ग्रुप वा प्रोमोटर ग्रुपको कम्पनी सामेल छैन् । रुची सोयाले अहिलेसम्म कुनै विवरण उपलब्ध गराएको   छैन । सनातनले सन् २०१९–२०मा रजिस्ट्रार अफ कम्पनीजमा बुझाएको वार्षिक प्रतिवेदनमा उसले दुई विदेशी कम्पनी ७५ भारुमा खरिद गरेको उल्लेख गरेको  छ ।

झट्ट हेर्दा यो सामान्य व्यवसायिक खरिद बिक्री कारोबार देखिन्छ । बिना लाभ भएको कम्पनी अर्को कम्पनीलाई बिक्री गरिएको देखिन्छ । रुची इथोपिया होल्डिङ्स दुबईको कम्पनी हो ।जसका दुई सहयोगी कम्पनी हुन् ।रुचि एग्री पीएलसी इथोपिया र रुची एग्री सरलु हुन् ।

रुची एग्री सरलुसँग इथोपियामा २५ हजार हेक्टर जग्गा छ । कम्पनीले इथोपिया सरकारसँग सन् २०१०मा एक एमओयु साइन गरेको थियो । सो एमओयुमा सोयाबिनको खेती गर्ने र प्रोसेसिङ प्लान्ट राख्ने उल्लेख छ ।

लिज सम्झौताका आधारमा सन् २०३५सम्म जग्गा राख्न पाउने अधिकार छ । साथै कम्पनीसँग भएका जग्गा बराबर थप जग्गा लिन सक्ने अधिकर पनि रहेको छ ।

रुची सोयाले इथोपियाका एक हजार स्थानमा सोयाबिनको खेती सुरु गरेको कम्पनी सम्बद्ध दुई जनाले जानकारी दिएको द इकोनोमिक टाइम्सको ‘स्वामी रामदेवकी पतंजलि को फ्री मे मिल गई रुचि सोया की ६०००० एकड जमीन?’ शीर्षकको हिन्दी समाचारमाा उल्लेख छ ।

रुची इथोपिया होल्डिङ्सको एक अन्य कम्पनीसँग १७ हजार हेक्टर जग्गा छ । यो सन् २०१२ मा लिजमा लिइएको थियो ।

सिङ्गापुरमा दर्ता गरिएको रुची इन्डस्ट्रिजका चार सहयोगी कम्पनीहरू छन् । यसमा एक कम्बोडिया रुचि एग्री प्लान्टेसन सामेल छ । यो कम्पनीसँग २०,००० हेक्टर जग्गा छ । सन् २०१० देखि २०१३सम्म १५ करोड अमेरिकी डलर खर्च गरियो ।

अब आएर थाहा भएको छ रुची सोयाले बेचेको कम्पनी बाबा रामदेवका भाई राभरत र उनकी पत्नी निर्देशक रहेको सनातन मल्टी स्किल डेभलपमेन्ट एन्ड एजुकेसन पो रहेछ । एजेन्सी



प्रतिक्रिया दिनुहोस !