६ आश्विन २०८१, आइतबार

थप १,७३६ जनामा कोरोना सङ्क्रमण पुष्टि

प्रकाशित मिति :  20 April, 2021 6:06 pm


काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १,७३६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको अनुसार तथ्याङ् अनुसार पछिल्लो २४ घण्टामा देशभर ८०५५ नमूनाको पिसिआर परीक्षण र ६८३ जनाको एन्टिजेन परीक्षण भएको थियो ।

परीक्षणका क्रममा पिसिआर विधिबाट १,६६७ जना र एन्टिजेन विधिबाट ६९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो।
गत २४ घण्टामा २५१ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

त्यस्तै पछिल्लो २४ घण्टामा ११ जनाको मृत्यु भएको छ ।



प्रतिक्रिया दिनुहोस !