६ आश्विन २०८१, आइतबार

रोल्पामा वैशाख मसान्तसम्म भिडभाड हुने सबै कार्यक्रम बन्द

प्रकाशित मिति :  20 April, 2021 6:45 pm


रोल्पा । देशका विभिन्न भागमा कोरोना संक्रमण फैलदै गएपछि जिल्ला प्रशासन कार्यालय रोल्पाले ९ बुँदे सूचना जारी गरेको छ ।

प्रशासकीय अधिकृत सुचित्रा राईद्वारा जारी गरिएको सूचनामा पूर्व निर्धारित परीक्षा तथा प्रयोगात्मक कक्षा जनस्वास्थ्यको मापदण्ड पालना गर्दै सञ्चालन गर्न भनिएको छ ।

त्यस्तै मानिसहरूको भिडभाड हुने सबै प्रकारका कार्यक्रमहरू वैशाख मसान्तसम्म बन्द गर्न भनिएको छ ।

सूचनामा ‘अत्यावश्यक धार्मिक तथा सांस्कृतिक क्रियाकलापहरू सञ्चालन गर्नुपर्ने भएमा बढीमा २५ जनाभन्दा बढी नबढ्ने गरी अनिवार्य स्वास्थ्यका मापदण्ड पालना गरी प्रमुख जिल्ला अधिकारीको पूर्व स्विकृति लिइ गर्नुपर्ने’ भनिएको छ ।

स्थानीय तहमा रहेका स्थानीय कोभिड १९ व्यवस्थापन केन्द्रले नियमित रुपमा प्रतिवेदन जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रलाई उपलब्ध गराउनुपर्ने छ । जिल्ला भित्र रहेका दश वटै स्थानीय तहहरुमा स्वाव संकलन केन्द्र स्थापना गर्ने र सो कार्यका लागि स्वास्थ्य कार्यालय रोल्पाले आवश्यक समन्वय तथा सहजीकरण गर्ने भनिएको छ ।



प्रतिक्रिया दिनुहोस !