६ आश्विन २०८१, आइतबार

बाँकेमा एक हप्ताका लागि लकडाउन घोषणा

प्रकाशित मिति :  21 April, 2021 10:56 am


बाँके । बाँकेमा लकडाउनको घोषणा भएको छ । कोरोना संक्रमणको दोस्रो लहरबाट अति प्रभावित मानिएको बाँकेमा आज राति १२ बजेदेखि लकडाउन घोषणा गरिएको हो ।

लकडाउन बैशाख १५ गते राति १२ बजेसम्म कायम रहने छ । बाँकेमा कोरोना संक्रमण तीव्र बढिरहेको छ ।

बाँकेमा ७३५ जना सक्रिय संक्रमित पुगेका छन् भने अस्पतालको बेड भरिभराउ भएको छ । कोरोना संक्रमित तीव्र भएपछि चेन ब्रेक गर्न भन्दै जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रको हिजोको बैठकले लकडाउन गर्न प्रमुख जिल्ला अधिकारी समक्ष सिफारिस गरेको थियो ।

केन्द्रको सिफारिस अनुसार प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले लकडाउनको आदेश जारी गरेका हुन् । कोरोना महामारीको दोस्रो लहर सुरु भएपछि बाँके लकडाउन हुने पहिलो जिल्ला बनेको छ ।



प्रतिक्रिया दिनुहोस !