४ आश्विन २०८१, शुक्रबार

भारतमा कोरोना संक्रमितको संख्या दैनिक ३ लाख नजिक, अस्पतालमा बेड र अक्सिजनको अभाव

प्रकाशित मिति :  21 April, 2021 11:23 am


काठमाडौं । भारतमा कोरोना संक्रमितको संख्या दैनिक ३ लाख नजिक पुगेको छ ।

पछिल्लो २४ घण्टामा २ लाख ९५ हजार ४१ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । भारतमा हिजो केही संख्या कम भएपनि हरेकदिन जासो कोरोना संक्रमित र मृतकको संख्याले रेकर्ड बनाउँदै गएको छ ।

यही गतिमा कोरोना संक्रमण फैलिए दैनिक ५ लाखसम्म व्यक्ति दैनिक संक्रमित हुन सक्ने अनुमान गरिउको भारतीय सञ्चार माध्यमले जनाएका छन् । भारतमा सकृय संक्रमितको संख्या २१,५७,५३८ पुगेको छ । पछिल्लो २४ घण्टामा महाराष्ट्रमा मात्रै ६२ हजार भन्दा बढी कोरोना संक्रमित भेटिएका छन् । दिल्लीमा २८ र उत्तर प्रदेशमा २९ हजार भन्दा बढी संक्रमित भेटिएका छन् ।

पछिल्लो २४ घण्टामा २ हजार २३ जना संक्रमित भएको छ । विभिन्न प्रान्तमा अक्सिजनको अभाव हुँदै गएको छ भने अस्पताल भरिभराउ भएका छन् । घाटहरूमा अन्तिम सस्कारका लागि लाइन लाग्नुपरेको भारतीय सञ्चार माध्यमहरुको भनाई छ ।

सरकारी तथ्याङक भन्दा मृतकको संख्या बढी हुन सक्ने आँकलन गरिएको छ । बीबीसी हिन्दीले भनेको छ,“वाराणसीमा स्थानीय व्यक्तिहरुका अनुसार जिल्ला प्रशासन स्वास्थ्य विभागका अधिकारीहरुले जारी गर्ने गरेको तथ्याङ्क र श्मसान घाटहरुमा जल्दै गरेका लासहरुको आँकदा मिल्दैन ।”



प्रतिक्रिया दिनुहोस !