६ आश्विन २०८१, आइतबार

कोरोना संक्रमणकाबीच धरहराको उद्घाटन कसरी हुँदैछ ?

प्रकाशित मिति :  21 April, 2021 12:37 pm


काठमाडौं । सरकारले काठमाडौंको धरहरा निर्माणलाई प्रतिष्ठाको विषय बनाएको छ ।

२०७२ सालको विनाशकारी भुकम्पपछि भइरहेको पुननिर्माणको प्रतीकको रुपमा पनि धरहरालाई सरकारले लिएको देखिन्छ । निर्माण सकिएको धरहराको यही बैशाख ११ गते प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटनको तयारी गरेका छन् ।

तर कोरोना संक्रमण बढ्दै गएपछि सतर्कता अपनाउनुपर्ने बाध्यताकाबीच सरकार आफैले विभिन्न निर्देशनहरु जारी गरेको छ । निर्देशन अनुसार धरहरा उद्घाटनमा २५ जनाभन्दा बढी भेला हुन पाइने छैन ।

सरकारले भूकम्पपछिको पुननिर्माणको प्रतिकको रुपमा लिएको धरहरा निर्माणमा आम जनसमुदाय उपस्थिति गराउन सरकारकै निर्देशनले रोकेपछि उद्घाटन कार्यक्रम कस्तो होला ? यसबारे राष्ट्रिय पुननिर्माण प्राधिकरणले जानकारी गराएको छ ।

प्राधिकरणका अनुसार कार्यक्रमका लागि हालसम्म कसैलाई निमन्त्रणा पठाइएको छैन ।

आफ्नो आधिकारिक फेसबुक पेजमा प्राकिरणले भनेको छ,“कोभिड १९ को महामारीको विषम परिस्थितिमा कसरी सुरक्षित ढंगले कार्यक्रम गर्न सकिन्छ भन्ने तर्फ प्राधिकरण लागिरहेको छ ।” प्राधिकरणका अनुसार सरोकारवाला र सबै नागरिकलाई उक्त उद्घाटनको कार्यक्रम अवलोकनको उपयुक्त तथा वैकल्पिक व्यवस्था गरिने जानकारी गराएको छ ।



प्रतिक्रिया दिनुहोस !