६ आश्विन २०८१, आइतबार

नेपालबाट तेस्रो मुलुक जाने भारतीय नागरिकलाई एनओसी नचाहिने,कोरानाको ठूलो जोखिम

प्रकाशित मिति :  21 April, 2021 2:50 pm


काठमाडौं । भारतीय नागरिकहरूलाई विदेश छिर्न बन्देज लगाएपछि नेपाल भएर विदेश छिराउने योजना बनाइएको देखिएको छ ।

भारतीय राहदानी लिएर नेपाल छिरेका भारतीय नागरिकका लागि नो अब्जेक्सन सर्टिफिकेट(एनओसी ) नचाहिने भएको छ । यो प्रावधान २२ अप्रिल २०२१देखि १९ जुन २०२१सम्मका लागि गरिएको छ ।

भारतीय दूतावासले सार्वजनिक गरेको सूचना अनुसार स्थलगत वा हवाईबाटो भएर राहदानी बोकी नेपाल आएका भारतीय नागरिकहरूलाई नेपाल भएर तेस्रो मुलुक जान एनओसीको आवश्यकता नहुने उल्लेख छ ।

तर राहदानी बाहेकका अन्य परिचय पत्र बोकेका भारतीय नागरिकहरूका लागि एनओसी चाहिने जनाइएको छ । त्यसका लागि काठमाडौस्थित भारतीय दूतावासको कार्यालयमा सम्पर्क गर्न सकिने उल्लेख गरिएको छ ।

यसबारे त्रिभुवन विमानस्थल प्राधिकरणलाई यसको जानकारी दिइसकिएको जनाउँदै सो सूचनामा नेपाल भएर तेस्रो मुलुक जान कुनै असुविधा भए सम्पर्क गर्न फोन नम्बर पनि दिइएको छ । नेपाल भएर तेस्रो मुलुक जाने भारतीय नागरिकहरूले केही अप्ठयारो भएको बेला दूतावासमा सम्पर्क गर्न सकिने उल्लेख गरिएको छ ।

भारतमा कोरोना संक्रमण द्रुतगतिमा फैलिरहेको समाचार सार्वजनिक भएसँग अमेरिका र बेलायत लगायतका देशमा भारतीय नागरिकको प्रवेशमा रोक लगाइएको छ भने भारत भ्रमणमा अमेरिकी नागरिकलाई नजान हवाई चेतावनी सार्वजनिक गरिएको छ ।



प्रतिक्रिया दिनुहोस !