६ आश्विन २०८१, आइतबार

घुस लिने व्यक्ति पक्राउ गर्न स्टिङ अपरेशन गर्न नपाउने फैसला, झण्डै ४ सय मुद्दा खारेज हुने

प्रकाशित मिति :  21 April, 2021 3:18 pm


काठमाडौं । सर्वोच्च अदालतले घुस लिने व्यक्ति पक्राउ गर्न अख्तियार दुरुपयोग अनुसन्धन आयोगले स्टिङ अपरेशन गर्न नपाउने फैसला सुनाएको छ । साथै स्टिङ अपरेशनका आधारमा चलेका मुद्दा समेत खारेज गर्ने फैसला गरेको छ ।

आज प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडासहितको संवैधानिक इजलासले उक्त फैसला सुनाएको हो ।

अख्तियारले अख्तियार दुरुपयोग घुस माग गर्ने व्यक्तिलाई पक्राउ गर्न भन्दै स्टिङ अपरेशन सञ्चालन गर्दै आएको थियो ।

स्टिङ अपरेशनविरुद्ध अधिवक्ता विष्णुप्रसाद घिमिरेले दायर गरेको रिटमा फैसला सुनाउँदै सर्वोच्च अदालतले आजैदेखि लागू हुने गरी भएको व्यवस्था अमान्य र बदर गरिदिएको हो ।

यससँगै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्टिङ अपरेशनका आधारमा मात्रै दायर गरेका ४ सय मुद्दा खारेज हुने भएका छन् ।
स्टिङ अपरेशन गरेर संकलित प्रमाण ग्रहण योग्य नरहेको भन्दै सुनुवाइ भइसकेका वा न्यायिक प्रक्रियामा रहेका सबै मुद्दाहरु खारेज हुने गरी आदेश दिएको हो ।

 



प्रतिक्रिया दिनुहोस !