गोदरेज एप्लाइन्सेसको भिरोशिल्ड नेपाली बजारमा
प्रकाशित मिति : 21 April, 2021 4:40 pm
काठमाडौं । गोदरेज अप्लाइन्सले भिरोशिल्ड बजारमा ल्याएको छ । भिरोशिल्डको नेपाली बजारमा बिक्री सुरु भइसकेको कम्पनीले जनाएको छ ।
कोभिड माहामारीलाई मध्यनजर गर्दै गोदरेजले भिरोशिल्ड उत्पादन गरेको हो । भिरोशिल्डले २ देखि ६ मिनेटमा कुनै पनि सामग्रीलाई किटाणु रहित गर्ने क्षमता राख्ने कम्पनीको दाबी छ ।
भिरोशिल्डमा खाद्यान्न, फलफुल, डेरी उत्पादन, प्याकेज गरिएको खानेकुरा, मास्क, पञ्जा, थर्मोमिटर, बच्चाका खेलौना, उपहार, मोबाइल, घडी, चस्मा, चाबी, जुत्ता, किताबलाई किटाणुरहित बनाउने सिजि ग्रुपले जनाएको छ ।
भिरोशिल्ड ३० लिटरको क्षमतामा नेपाली बजारमा पाइन्छ । यसलाई इन्डियन काउन्सिल अफ मेडिकल रिसर्चले पनि सर्टिफाइड गरेको छ ।