५ आश्विन २०८१, शनिबार

सरकारलाई दिएको समर्थन फिर्ता लिने जिम्मा प्रचण्डलाई

प्रकाशित मिति :  21 April, 2021 4:50 pm


फाइल फोटो

काठमाडौं । नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिने जिम्मा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिएको छ।

आज बसेको स्थायी कमिटी बैठकले सरकारलाई दिएको समर्थ लिने निर्णय गर्ने अधिकार अध्यक्ष प्रचण्डलाई दिएको हो ।

बैठकपछि पार्टी प्रवक्ता नाराणकाजी श्रेष्ठले वर्तमान केपी शर्मा ओलीको सरकारलाई समर्थन नरहेको बारेमा औपचारिक जानकारी लिखितरुपमा कहिले दिने भन्नेबारे निर्णय गर्ने अधिकार अध्यक्ष प्रचण्डलाई दिएको जानकारी गराए ।

माओवादी केन्द्रले ओली नेतृत्वको सरकार परिवर्तनका लागि छलफल गरेपनि अझैसम्म समर्थन फिर्ता लिएको छैन ।



प्रतिक्रिया दिनुहोस !