५ आश्विन २०८१, शनिबार

स्पष्टिकरण सोधिएको दोस्रो दिन ओली र नेपालबीच भेटवार्ता

प्रकाशित मिति :  21 April, 2021 6:50 pm


काठमाडौं । पार्टीको एकताका लागि अपिल गर्ने निर्णय एमालेका बरिष्ठ नेता माधवकुमार नेपाल समूहले गरेको केही घन्टा भित्रै प्रधानमन्त्री केपी शर्मा ओली र नेपालबीचको वार्ता सुरु भएको छ ।

प्रतिनिधिसभा विघटन गरेपछि विपरीत कित्तामा पुगेका नेपाल र ओलीको चैत दुई गते भएको प्रत्यक्ष भेटघाट यता यो पहिलो वार्ता भइरहेको उनी नेताहरूको भनाइ रहेको छ ।

यो वार्ता हुन अघि ओलीले नेपाल पक्षका ४ जना नेतालाई निलम्बन गरी अहिले उनी समेत ३२ जनालाई निलम्बन गर्न लागेका थिए ।

हिजो मंगलबार ओलीले नेपालसहित ३२ जना सांसदलाई स्पष्टीकरण सोधेका थिए । दुई नेताबीचको दूरी कम गर्न पार्टीका नेताहरूले केही दिनयता देखि प्रयास गरिरहेका थिए ।

नेपाल निकट विष्णु रिजालले ओलीसँग भेटेका थिए । भने आजै पनि यो वार्ता हुन योगेश भट्टराई ओलीलाई भेटेका थिए ।

पार्टीभित्र देखिएको बढ्दो विवादलाई मत्थर पार्न दुवै नेताबीच प्रत्यक्ष छलफल ओली र नेपालको संयोग बनाउने लागेका नेताहरूको प्रयास सफल भएको   देखिन्छ ।



प्रतिक्रिया दिनुहोस !