क्यान महासंघद्वारा मनाङमा शाखा विस्तार
प्रकाशित मिति : 21 April, 2021 7:00 pm
काठमाडौं । कम्प्युटर एसोसियसन नेपाल(क्यान महासंघ)ले हिमालपारीको जिल्ला मनाङमा शाखा विस्तार गरेको छ ।
यो महासंघको ६७ औं शाखा हो ।
पछिल्लो समय महासंघले संगठन विस्तारलाई तिब्र पारेको छ । संघका अध्यक्ष नवराज कुँवरले शाखा विस्तार गरिउको जानकारी दिँदै कार्यक्रममा सहभागी चामे गाऊपालिका अध्यक्ष लोकेन्द्रबहादुर घले लाई धन्यावाद र शाखा समितिलाई बधाई दिएका छन् ।