६ आश्विन २०८१, आइतबार

दाङमा बस दुर्घटना, १० जना घाइते

प्रकाशित मिति :  22 April, 2021 10:37 am


दाङ । दाङमा आज बस दुर्घटना हुदा १० जना घाइते भएका छन् ।

पोखराबाट तुल्सिपुरतर्फ जाँदै गरेको ग १ ख ९६३९ नम्बरको बस घोराही तुलसीपुर सडक खण्डको कपासेबगियामा विहान दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपी गणेश चन्दले जानकारी दिए । घाइतेको राप्ती स्वास्थ विज्ञान प्रतिस्ठान घोराहीमा घाइतेहरुको उपचार भइरहेको छ।

घाइते हुनेमा घोराही उपमहानगरपालिका १२ की २७ वर्षीया सपना विक, ४ वर्षीया निर्मल विक, तुलसीपुर उपमहानगरपालिका १८ की १७ वर्षीया सर्मिला घर्ती, सल्यान त्रिवेणी गाउँपालिका ६ का १७ वर्षीया रामप्रसाद कठायत, ३४ वर्सीया हस्ती गिरी, ५ वर्सीया तेज बहादुर गिरी, त्रिवेणी गाउँपालिका ३ निवासी १८ वर्षीया चेतना रेउले रहेका छन् ।

त्यस्तै कपुरकोट नगरपालिका ७ का ११ वर्सीय गणेश बोहरा, सुनसरी इटहरी नगरपालिका ८ का ५२ वर्षीय दलबहादुर विश्वकर्मा र स्याङ्जाको फेदी गाउँपालिका १ का ४२ वर्षीय रामचन्द्र विक पनि दुर्घटनामा घाइते भएका छन् ।



प्रतिक्रिया दिनुहोस !