३० कार्तिक २०८१, शुक्रबार

बैंक तथा वित्तीय संस्थाबारे समस्या भएमा सिधै राष्ट्र बैंकमा गुनासो गर्न सकिने, यस्तो छ तरिका

प्रकाशित मिति :  22 April, 2021 12:50 pm


काठमाडौं ।

बैंक तथा वित्तीय संस्थाका सेवाग्राहीले नेपाल राष्ट्र बैंक समक्ष सिधै गुनासो गर्न सक्ने भएका छन् । राष्ट्र बंकले अनलाइनबाट गुनासो गर्न सकिने व्यवस्था गरेको हो ।

सेवाग्राहीले नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र र अनुमति प्राप्त गरि वित्तीय मध्यस्थता सेवा प्रदान गरिरहेका बैंक तथा वित्तीय संस्था र विभिन्न प्रकारका संस्था र एजेन्ट बारे कुनै गुनासो भएमा http://gunaso.nrb.org.np/ बाट सिधै गुनासो गर्न सकिने व्यवस्था गरिएकाे हाे ।

ग्राहकसँग निष्पक्ष, विश्वसनीय, र पारदर्शी ढंगबाट बैंकिङ क्षेत्रको व्यवसायिक मूल्य र मान्यता एवं नीति निर्देशनको अधीनमा रही ग्राहकको हितलाई प्राथमिकतामा राखी वित्तीय मध्यस्थता सेवा प्रदान गर्ने, गराउने कार्यको सुनिश्चितता गरी वित्तीय ग्राहकको हित संरक्षण गर्ने उद्देश्यका साथ गुनासो पोर्टल सञ्चालनमा ल्याइएको राष्ट्र बैंकले जनाएको छ ।

गुनासो गर्नका लागि वेभ पोर्टल http://gunaso.nrb.org.np मा जानु पर्नेछ । त्यपछि सेवाग्राहीले आफूलाई लागेको गुनासो दर्ता गर्न सक्नेछन् । गुनासो दर्ता भएको जानकारी र दर्ता नं. इमेल मार्फत प्राप्त हुनेछ ।

गुनासो दर्ता नं द्वारा पेश गरिएको गुनासोको स्थिति थाहा पाउन सकिने र दर्ता भएको गुनासोको अन्तिम निर्णय इमेलमार्फत जानकारी गराइने राष्ट्र बैंकले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !