६ आश्विन २०८१, आइतबार

देशभर विभिन्न स्थानमा मेघगर्जन तथा हावाहुरीसहित वर्षा हुने सम्भावना

प्रकाशित मिति :  22 April, 2021 1:49 pm


काठमाडौं । देशका विभिन्न स्थानमा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार हाल देशमा स्थानीय वायु र पश्चिमी वायुको प्रभाव रहको छ ।

प्रदेश २, बागमती प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र सुदुर पश्चिम प्रदेशमा सामान्य देखि पूर्ण बदली र अन्य प्रदेशहरुमा आशिक देखि सामान्य बदली रहेको छ ।

त्यस्तै, दिउँसो देशभर आँशिक देखि सामान्य बदली रही सुदुर पश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र बागमती प्रदेशका केही स्थानहरु तथा अन्य प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन,चट्टयाङ्ग,हावाहुरी सहित क्षणिक हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

त्यस्तै, राती देशभर पहाडी भू–भागहरुमा आँशिक देखि सामान्य बदली रही पहाडी भू–भागका थोरै स्थानहरुमा मेघगर्जन,चट्टयाङ्ग,हावाहुरी सहित क्षणिक हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !