५ आश्विन २०८१, शनिबार

मेरियटमा प्रधानमन्त्री ओली र माधवकुमार नेपालबीच भेटवार्ता सुरु

प्रकाशित मिति :  22 April, 2021 2:43 pm


काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपाल बीच भेटवार्ता सुरु भएको छ । अहिले प्रधानमन्त्री ओली नेता नेपाल सँग वार्ता गर्न मेरियट होटल पुगेका छन् ।

नागपोखरी स्थित होटल मेरियटमा नेकपा एमालेको विभाजन रोक्ने प्रयास स्वरुप वार्ता सुरु भएको ओली पक्षका एनेताले जानकारी दिए ।

बुधबार साँझ पनि दुई नेताबीच मेरियट होटलमा छलफल भएको थियो र बिहीबार पुनः कुराकानी हुने भनिएको थियो । त्यसअनुसार दुई नेताबीच भेटवार्ता सुरु भएको हो ।



प्रतिक्रिया दिनुहोस !